2026-07-24 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिक्किममा ‘साम्प्रदायिक हिंसा भड्काउने’ भिडिओ राखेको आरोपमा खोटाङकी युट्युबर उमा पक्राउ

पुस १५, काठमाडौँ | खोटाङकी एक चर्चित युट्युबर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छिन् । सिक्किमको लोकसेमा आयोजना भएको साकेला नाचमा निम्तो दिएको भिडिओ सार्वजनिक गरेकी उनलाई त्यसैको आधारमा पक्राउ गरिएको हो ।

सिक्किमको राजधानी गान्तोकबाट पुगेको प्रहरी टोलीले उमालाई पक्राउ परेको हो । सिक्किमको सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य सिला राईले दिएको जाहेरीको आधारमा उमा पक्राउ परेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । राई शनिवार पक्राउ परेकी हुन् ।

भारतको मूलधारको मिडिया इन्डिया टूडेमा सिक्किमका पत्रकार सुजल प्रधानले लेखेको समाचार अनुसार आगामी चुनावलाई लक्षित गरेर उमा राईले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उमा राईले सिक्किमका विभिन्न समुदायको सामुदायिक हिंसा भड्काउन प्रवर्द्धन गरेको भन्दै परेको निवेदनको आधारमा पक्राउ गरिएको इन्डिया टूडेले उल्लेख गरेको छ ।

इन्डिया टूडेका अनुसार उमा राईलाई अदालतमा राखेर पाँच दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ । भारतको मुलुकी अपराध संहिता अनुसार उमा राईलाई सजायको माग गरिएको इन्डिया टूडेले उल्लेख गरेको छ ।

भारतको आधिकारिक सरकारी समाचार एजेन्सी पीटीटआईको समाचारअनुसार उमा राईले साम्प्रदायिक हिंसा भड्काउने भिडिओ राखेका कारणले उनलाई भारतको मुलुकी अपराध संहिता अनुसार पक्राउ परेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक