2026-07-25 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मदिरा सेवन गरी शिक्षकले कुटे विद्यार्थी

पुस १५, डोटी | डोटी दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयका एक शिक्षक राति मदिरा सेवन गरी आफ्नै विद्यार्थीलाई कुट्न गएका छन् ।

शिक्षालयका शिक्षक मन्दिप कुँवर मदिरा सेवन गरी शनिबार राति करिब १२ बजे दिपायल सिलगढी नगरपालिका–४ जोगिडाव्रेस्थित विद्यार्थीहरुको डेरामा पसेर हातपात गरेका हुन् । घटनामा शिक्षक कुँवरले एक विद्यार्थीको मोबाइल समेत फुटाएका पीडित विद्यार्थीहरु बताउँछन् ।

केही समय पहिले विद्यार्थीहरुबीच झडप हुँदा शिक्षक कुँवरले साम्य गराउने क्रममा विद्यार्थीहरुसँग विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर शिक्षक कुँवर राति विद्यार्थीको कोठाभित्र पसेर कचिङ्गल गरेको प्रहरीको भनाइ छ । घटनाको विषयमा दुवै पक्षलाई बोलाएर छलफल भईरहेको प्रहरीले बतायो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव भन्छन् ‘विवाद समाधानको कुरा भएपनि रातिको समयमा विद्यार्थीको कोठाभित्र पस्नु शिक्षक कुँवरको गल्ती हो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी श्रीवास्तवले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक