2026-07-25 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिल्लीमा यौन व्यवसाय चलाएको आरोपमा नेपाली दम्पत्ती पक्राउ

पुस १६, काठमाडौँ | दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक नेपाली दम्पत्तीलाई पक्राउ गरेको छ। 

मानव बेचबिखन अनुसन्‍धान ब्युरोले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका-७ बस्ने ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया टिकाकुमारी वली छन्। टिकाकुमारीले आफूलाई अस्मिता भण्डारी र रिया वलीको नामले पनि चिनाउने गरेकी छन्। 

उनीहरूले दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ राम्रो हुने भन्दै प्रलोभन देखाएर नेपाली युवतीलाई यौन व्यवसायमा लगाएको आरोप छ। 

दिल्लीमा अपार्टमेन्ट भाडामा लिएर अनलाइनमार्फत विज्ञापन गरी पीडितलाई व्यवसाय गराउने गरेको एसपी पंगेनीले बताए। 

‘अपार्टमेन्टमा पनि सिसिटिभी जडान गरिएको छ। पीडितहरूलाई नयाँ फोन, सीम दिएर नयाँ ह्वाट्सएप, फेसबुक लगायतका खाता बनाउन दिएर पासवर्ड भने आफैंले राख्ने गरेको पनि देखिन्‍छ,’ उनले भने।

यसको लागि ह्वाट्सएपमार्फत ग्राहकसँग कुराकानी गर्ने गरेको अनुसन्धानमा देखिन्छ।

पैसा तिरेपछि उनीहरूले पीडित महिलाहरूलाई बोलाएको ठाउँमा पठाउने गरेको पाइएको हो। यसरी काममा लगाएपछि पीडितलाई २० प्रतिशत दिएर बाँकी आफूहरूले लिने गरेको एसपी पंगेनीले बताए। 

यसरी उक्त दम्पत्तीले दिल्ली पुर्‍याएका ९ जना युवतीहरूको प्रहरीले गत चैत ७ गते उद्धार गरेको थियो।

भण्डारी दम्पत्तीविरूद्ध ६ वटा मुद्दा दर्ता भएको छ। यस घटनामा संलग्न ३ जना प्रतिवादी पुर्पक्षको लागि थुनामा छन्।

थप नेपाली युवतीहरूलाई दिल्ली लगिएको भन्ने सूचना पाएपछि गत पुस १० गते त्यहाँबाट पाँच जना पीडितको उद्धार गरी नेपाल ल्याइएको थियो। 

त्यसपछि प्रहरीले उनीहरूलाई गत बुधबार कञ्चनपुरबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक