2026-07-24 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कार्यपालिकाको निर्णयमा छोरीको नाम घुसाएपछि बालेनले निलम्बन गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी

पुस १७, काठमाडौँ | करार कर्मचारीको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका छन् ।

मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई सोमबार मेयर शाहले निलम्बन गरेको महानगर स्रोतले बतायो ।

वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ ।

उक्त घटनामा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसमेत बिदामा बसेका छन् । आचार्य पनि यस प्रकरणमा सलंग्न रहेको स्रोतले बतायो । २३ औं नगरसभाको १५ औं एजेण्डामा करारको स्वास्थ्य कर्मचारीहरुको सेवा अवधि थप गर्ने निर्णय थियो ।

नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको स्रोतले बतायो ।

शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन बैठकको निर्णय नै २ पटक परिवर्तन गरिएको पाइएपछि मेयर शाह आफैं एक्सनमा उत्रिएका छन् ।

‘नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, बिडारीले आफनी छोरीलाई जागिर खुवाउन निर्णयभित्र घुसेर ५ जनाको ठाउँमा ६ जना बनाएर छोरीको नाम थप गरेको पाइयो ।’

बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । कार्यपालिकाको बैठकका निर्णयहरु प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतले गर्छ। त्यसपछि मात्रै मेयरको कार्यालयमा जाने गर्छ । आचार्यले कर्मचारीले गरेको फेरबदलमै प्रमाणीकरण गरिदिएका थिए ।

‘मेयरज्यूकहाँ आउँदा ६ जनाको आयो । ६ जना कसरी आयो भनेर हेर्दा महानगरको कर्मचारीकी छोरीलाई जागिर दिन रहेछ’, स्रोतले भन्यो ।

यस विषयमा बिडारीसँग सम्पर्क गर्न पटक पटक फोन गर्दा उठेन ।

प्रमुख प्रशासकीय अधिकृत नै संलग्न भएको घटना भएकाले छानबिन समिति नबनाइ मेयर आफैंले अनुसन्धान गरिरहेको बताइएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ ।

अधिकारी हिजैदेखि बिदामा बसेकाले हिजोको नियमित नगरकार्यपालिका बैठकमा कोइराला सहभागी भएका थिए । केही दिनअघि सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा पनि निलम्बनमा परेका छन् ।

निर्माणसम्बन्धी काममा प्रश्न उठेपछि उनी निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक