2026-07-25 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमा बन्दै छिन् दीपिका पदुकोण ?

पुस १८, काठमाडौँ | दीपिका पदुकोण र रणवीर सिंहको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ  । सन् २०१२ मा सञ्जय लिला भन्सारीको फिल्म गलियोका रासलीला राम लीलाको सेटमा उनीहरूबिच प्रेमको सुरुवात भएको थियो । दुवैले सन् २०१८ को नोभेम्बर १४ र १५ मा निजी समारोहबिच बिहे गरेका थिए । यी दुईको बिहे भएको पनि ५ वर्षभन्दा बढी भइसक्यो । फ्यानहरूमा यति बेला यी दुईले फ्यामिली प्लानिङ कहिले सुरु गर्छन् भन्ने चासो बढेको छ ।

खबरहरूका अनुसार यी दुई फ्यामिली प्लानिङ सुरु गर्न एक्साइटेड छन् । दुबैका परिवार नयाँ सदस्य चाँडै आओस् भन्ने चाहन्छन् । वोग सिंगापुरसँगको एउटा अन्तरवार्तामा दीपिकाले बच्चाबारे खुलेर कुराकानी गरेकी छिन् । ‘म अनि रणवीर लाई बच्चा निकै म पर्छ । हामी त्यो दिनको पर्खाईमा छौं जुनदिन हामी हाम्रो फ्यामिली प्लानिङ सुरु गर्नेछौँ,’ दीपिकाले भनिन् । आफ्नो परिवारका सदस्यहरू काका–काकी, पारिवारिक साथीभाई सबैले आफू विल्कुल नबदलिएको बताउने गरेको अनि आफूसँग सेलिब्रेटीलाई जस्तो व्यवहार पनि नगरिने उनको भनाइ छ ।

‘सबैभन्दा पहिला म एक छोरी हुँ, बहिनी हुँ अनि म चाहन्छु कि यी कुराहरू कहिले नफेरिउन् । परिवारले नै मलाई जमिनसँग जोडेर राख्छ । म र रणवीर पनि हाम्रो बच्चालाई यही संस्कार सिकाएर हुर्काउन चाहन्छौँ’ दीपिकाको भनाई छ । 

दीपिका सिद्धार्थ आनन्दको फाइटरमा ऋतिक रोशन र अनिल कपुरसँग देखिदैंछिन् । उनी नाग अश्विनको कल्की २८९८ मा प्रसार र अमिताभ बच्चनसँग देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक