Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राजमार्ग निर्माण गर्दा सानातिना रुखहरु भाँचिन्छन् : महासंघले गर्यो जिशिअ सहित ६ कर्मचारीको विदाई

By kit 14 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

प्रभात सुवेदी । असोज ३०, बर्दिया ।

यही तिहारको निम्ति  फूलेका

सयपत्रीका फूलहरु

यही तिहारमा मर्छन्

बारीका डिल र पाटाहरुमा ।

तर बर्दियाली शिक्षकसँग लगाएका मेरा प्रितहरु मर्नेछैनन्

म हिँडेर छोडेर गएका पाटा र बाटाहरुमा ।।

उल्लिखित कविताका हरफहरु बर्दियाबाट सरुवा भएर सुर्खेत जानुभएका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको हो । शिक्षक महासंघले आज जिल्ला शिक्षा अधिकारी र अन्य पाँच जना शिक्षा कार्यालयका कर्मचारीहरुको विदाई कार्यक्रम तथा बर्दिया जिल्लामा जिल्ला शिक्षा अधिकारीका रुपमा आउनुभएका दमनसिंह चौधरीको स्वागतमा आयोजना गरिएको कार्यक्रमा प्रमुख अतिथिका रुपमा आफ्ना बिचारहरु राख्ने क्रममा राजमार्ग वा कुनै ठूला विकासका कामहरु गर्दा सानातिना रुखहरु भाँचिने भन्दै प्रतिकात्मक रुपमा ठूलो योजनासहित काम गर्दा कतै न कतै सानातिना गल्तिहरु हुनु स्वभाविक भएकोले यस्ता कुराहरुलाई गलत रुपमा व्याख्या गरिनु राम्रो नभएको बताउनुभयो ।

निवर्तमान जिल्ला शिक्षाा अधिकारी जीतबहादुर शाह अाफ्ने मन्तब्य राख्न्हुँदै

करीब अढाई बर्षको आफ्नो कार्यकालको समीक्षा गर्नुहुँदै शिक्षा अधिकारी जीतबहादुर शाहले जिल्लामा सोचेका कामहरु गर्नका लागि सहमतिको प्रयास गर्दा लामो समय लागेको र यस बीचमा दरवन्दी मिलानका केही कामहरु भएको कति शिक्षकहरुलाई काजमा पठाइएकोले सरुवाको काम बाँकी रहेको बताउनुभयो । साथै यस बीचमा विद्यालयसँग सम्बन्धित सवालमा आम सरोकारवालाहरु पनि सचेत भैसकेको अवस्था भएकोले अब बर्दियामा पनि  स्थापित मान्यता अनुसार कुनै पनि विद्यालयमा कहिँ कतै पनि राहत र अस्थायी शिक्षकहरुलाई प्रधानाध्यापक नबनाउन जानकारी गराउनुभयो । विद्यार्थीहरुमा पढ्ने वातावरण नहुँदा निर्जीव प्राणीहरु जस्ता भएको अवस्था थियो, जिल्लाका ७२ ओटा विद्यालयहरुमा पुगेर गरिएको अन्तरक्रियात्मक कार्यक्रमहरुले सकारात्मक प्रभाव पारेको स्मरण गर्नुहुँदै त्यस क्रममा कति अभिभावकहरु, विद्यार्थीहरु रोएका थिए भने शिक्षकहरुले आफूलाई महशुस गरेको अवस्था थियो, निवर्तमान शिक्षा अधिकारी शाहले भन्नुभयो ।

करार शिक्षक नियुक्तीको प्रक्रिया, परीक्षा प्रणाली र हरित विद्यालय जस्ता कामहरुको अत्यन्तै सकारात्मक कार्यहरु भएको वहाँले स्मरण गर्नुभायो । साक्षर जिल्ला घोषणा गर्नका लागि विशेष गरी जिल्लाका १० ओटा स्रोत केन्द्रका स्रोत व्यक्तिहरु, विद्यालयका शिक्षक कर्मचारीहरु, विद्यार्थीहरुको योगदानको स्मरण गर्नुहुँदै ३ लाख २३ हजार निरक्षरलाई साक्षर बनाउन खेलेको भूमिकाको प्रसंशा गर्नुभयो । अब बाँकी १२ हजार साक्षर बनाउने भूमिकामा पनि यहाँहरुको भूमिका रहोस् भनी कामना गर्नुभयो ।

अबका बाँकी कामहरुमा जिल्ला शिक्षा योजनाको निर्माण, संस्थागत विद्यालयहरुको निर्देशिका अनुसार वर्गीकरण, १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार निरक्षरहरुलाई साक्षर बनाउनुपर्ने र शंशोधित शिक्षा ऐन अनुरुप सबै विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको गठन लगायत चौधरी समुदायको शैक्षिक स्तर वृद्धि गर्न मलाई जस्तै यहाँहरुले नयाँ जिशिअका रुपमा आउनुभएका दमन सरलाई सहयोग गर्न लागि पर्नुहुनेछ भन्दै यो विदाई कार्यक्रमबाट आफू भाव विभोर भएको बताउनुभयो ।

काम गर्ने क्रममा केही अप्ठ्याराहरु आएतापनि तपाईँ हामी मिलेर यी अप्ठ्याराहरु समाधान गर्दै अगाडि बढुन पर्दछ र यसका लागि यहाँहरुकै सहयोग निरन्तर रहिरहोस् ।’, वहाँले बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा रहनुभएका बर्दियाका जिल्ला शिक्षा अधिकारी दमनसिंह चौधरीले शाह सरले थालनी गर्नुभएका राम्रा कामहरुलाई निरन्तरता दिने र कोही पनि नियम भन्दा बाहिर जान नसक्ने हुँदा जिल्लामा स्थापित साझा मूल्य र मान्यता अनुरुप नै जिल्लाको शैक्षिक विकासका लागि लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बर्दिया जिल्लाका जिल्ला शिक्षा अधिकारी दमनसिँह चौधरी सम्बोधनका क्रममा

यसैगरी नेपाल शिक्षक संघका केन्द्रिय उपमहासचिव ज्ञानेन्द्र बहादुर रावलले सरोकारवालाहरुसँग प्रतक्ष्य रुपमा जोडिएका विषयमा गम्भीर भएर लाग्नुपर्ने कुरामा जोड दिँदै निवर्तमान जिल्ला शिक्षा अधिकारीको कार्यको प्रशंसा गर्नुभयो । यसैगरी नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नारायण शर्माले जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह प्रशासक नभएर अभिभावकीय भूमिका निभाउनुभएको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका निराजन चापागाईँले शाह सरको पालामा दरवन्दी मिलान र शिक्षण सिकाइ क्रियाकलापलाई कक्षाकोठासम्म पुर्याउने, प्रधानाध्यापक मिलान तथा दरवन्दी मिलानको काम शुरु भएकोमा यस कार्यको पूर्णताको अपेक्षा गर्नुभयो । एकिकृत शिक्षक संगठनका अध्यक्ष धर्म प्रसाद शर्माले निवर्तमान जिशिअ प्रेरणाका स्रोत भएको स्मरण गर्नुभयो ।

जिल्ला शिक्षा कार्यालय बर्दयामा कार्यरत लेखा अधिकृत पिताम्बर शर्मा, विद्यालय निरीक्षक जीवन न्यौपाने, लेखापालहरु सुरेन्द्र गुप्ता र राजबहादुर बुढा, प्रास जीवन रेग्मीको विभिन्न जिल्लाका विभिन्न कार्यालयहरुमा सरुवा भएकोले वहाँहरुको विदाई गरिएको हो ।

विदाई कार्यक्रममा सहभागी शिक्षकहरु

नेपाल शिक्षक महासंघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राजेन्द्र सिंह एलसीले राख्नुभएको थियो, शिक्षक रमा पोख्रेलले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण शर्माले गर्नुभएको यियो । कार्यक्रम गुलरियास्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अायोजना गरिएको हाे ।