2026-07-25 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेनपावर व्यवसायीहरूले अघि सारे १० बुँदे माग

पुस २३, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न १० बुँदे माग अघि सारेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका विभिन्न विषयलाई सम्बोधन गर्न सरकारसँग माग गरे । 

पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमा विभिन्न समस्या देखिएको भन्दै संघले ती समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको हो ।  

यी हुन संघले अघि सारेका मागहरू:

१) साउदी अरब दूतावास काठमाडौँले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रीक कूटनैतिक पहल गरी हटाउनु पर्ने ।

२) वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको प्राइभेट कम्पनी FWWMC बिच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्नुपर्ने ।

३) वैदेशिक रोजगारीमा जाने Semi – Skilled र Skilled कामदारलाई लागु गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी आर्थिक भार बढाउने हुँदा खारेज गर्नुपर्ने ।

४) निःशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउनु पर्ने ।

५) अभिमुखीकरण तालिमको नयाँ मापदण्ड अनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र LT No अगाडी नै तालिमको व्यवस्था मिलाउनु पर्ने ।

६) मानव तस्करी र बिचौलियालाई फाइदा पुग्ने गरी प्रदान भई रहेको व्यक्तिगत श्रम स्वीकृत बन्द गरी संलग्न माथि छानबिन गरी कारबाही हुनु पर्ने ।

७) वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभर बाहेक) कोरियाको E7 भिसामा कामदार पठाउन व्यवसायी मार्फत व्यवस्था गर्नुपर्ने ।

८) साउदी अरब कामदार पठाउन काठमाडौँ स्थित दूतावासले केही सीमित व्यवसायीलाई मात्रै ID दिने र भएका ID लाई पनि अनावश्यक झन्झट दिँदै कतिपय व्यवसायीको बिनाकारण ID कार्ड खोस्ने र सीमित व्यवसायीलाई मात्रै एकाधिकार साथ कार्य गर्न बल पुग्ने कार्य गरिरहेकोले उक्त कार्य रोक्न र नयाँ व्यवसायीहरुले साउदी अरबबाट मागपत्र ल्याए पनि कामदार पठाउन नपाइरहेकाले सबै व्यवसायीहरुले साउदी अरब कामदार पठाउन पाउने व्यवस्था गर्न पहल गरिदिनुपर्ने ।

९) वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय र छलफल गरी मन्त्रालयले यथाशीघ्र कार्य प्रारम्भ गर्नुपर्ने ।

१०) FEMIS प्रणाली पूर्ववत् रुपमा अविलम्ब संचालनमा ल्याउन कार्य प्रारम्भ गरिनु पर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक