2026-07-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोनमा कभर राख्नुहुन्छ ? थाहा पाउनुहोस् यस्ता छन् बेफाइदाहरु

पुस २४, काठमाडौँ | नयाँ फोन किन्ने बित्तिकै हामी फोनको कभर पनि किन्छौँ । फोनको स्क्रिन नकोरियोस् भनेर फोन किन्ने बित्तिकै कभर पनि हेर्न थाल्छौँ । 

फोनमा कभर लगाउँदा फोन सुरक्षित रहने र कोतरिने सम्भावना कम हुने, हातबाट फोन झर्‍यो भने पनि अलि कम क्षति हुने भएकोले हामीहरु फोनमा कभर राख्छौँ । तर  फोनमा कभर लगाउँदाका क्षतिहरु पनि छन् । तपाईँलाई यसबारे थाहा छ ?

फोनमा कभर लगाउँदा फोन तात्ने समस्या देखिन थाल्छ । खासगरी गर्मी मौसममा हर समय फोन कभरले ढाकिरहँदा मोबाइल छिट्टै तात्न थाल्छ । फोन तात्न थाल्यो भने ह्याङ्ग हुन थाल्छ अनि रोकिएर चल्ने जस्ता समस्या देखिन थाल्छ ।

फोनमा कभर लगाउँदा चार्जिङमा पनि समस्या हुने केही रिपोर्टको दाबी छ । फोन तात्न थालेपछि यो राम्ररी चार्ज हुन नसक्ने पनि बताइएको छ ।

फोनमा राम्रो क्वालिटीको कभर लगाइएन भने यसमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । अझ कभर धातुको छ भने यसका कारण जीपीएस र कम्पासमा समस्या हुन्छ ।

अचेल फोन कमपनीहरुले गजबको डिजाइन भएका ब्याक प्यानलको साथमा नयाँ नयाँ फोन लन्च गरिरहेका छन् । यस्तोमा तपाईँले फोनमा कभर लगाउनु भयो भने सारा लुक छोपिन्छ ।

फोनको सुरक्षाका लागि कभर त लगाउनु पर्छ जस्तो तपाईँलाई लाग्छ भने एउटा काम गर्नुस् । फोन चार्ज गर्ने बेलामा कभर निकालिदिनुस् । गेम खेलिरहेको बेलामा पनि फोनलाई कभरमा नराख्नुस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक