2026-07-24 08:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सलमानको फार्महाउसमा पर्खाल नाघेर प्रवेश गरेका दुई युवक पक्राउ

पुस २४, काठमाडौँ | ज्यान मार्ने धम्की पाइरहने बलिउड अभिनेता सलमान खानको पनवेलस्थित फार्महाउसमा बिना इजाजत प्रवेश गर्ने प्रयास गरेको आरोपमा पञ्जाबका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार नवी मुम्बई प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

पक्राउ पर्नेमा अजेश कुमार गिला र गुरु सेवक सिंह सिख रहेका छन् । उनीहरू झाडीमा लुकेर फार्म हाउसको पर्खाल नाघेर भित्र पसेका थिए । तर, फार्महाउसका म्यानेजरले उनीहरूलाई पक्रेर मुम्बई प्रहरीलाई बुझाएका थिए ।

प्रहरीका अनुसार दुवैलाई सोधपुछपछि छाडिएको छ । अधिकारीहरूका अनुसार यो घटना ४ जनवरीको हो । दुवै पञ्जाब निवासी हुन् । उनीहरू मुम्बईको बोरीवलीमा बस्दै आएका छन् ।

सलमानमाथि सन् १९९९ मा राजस्थानको जोधपुरमा कालो हिरणको शिकार गरेको आरोप छ । यही कारण सन् २०२२ मा ग्यांगस्टर लरेन्स बिश्नोईले उनलाई ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि मुम्बई प्रहरीले उनलाई वाई प्लस सुरक्षा दिनुका साथै हतियारको लाइसेन्स पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक