२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रको परिवारलाई कोरियाबाट ७ लाख ५७ हजार रुपैयाँ सहयोग

२०८०, २६ पुष बिहीबार ०५:४६

पुस २६, काठमाडौँ | ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का वीरेन्द्र शाहको परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

कोरियाका नेपालीले संकलन भएकोमध्ये सात लाख सन्ताउन्न हजार रुपैयाँ एक कार्यक्रमकाबीच मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरिएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले  कोरियाबाट पीडित परिवारसँग संवाद र समन्वय गरी यो आर्थिक हस्तान्तरण कार्यक्रमममा समन्वय गरेको बताए ।  उक्त रकम बुधबार अछाम सेवा समितिले आयोजना गरेको शोक सभामा धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर शाहलाई हस्तान्तरण गरिएको थियो । 

मृतकका बुवा टेकबहादुर शाहले आफूहरुलाई बज्रपात परेको बेला कोरियाका बस्ने नेपालीहरुले गरेको आर्थिक सहयोगको लागि सम्पूर्ण  सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे । 

यो अभियान सामाजिक अभियन्ता, धनगढी -१ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा व्यक्तित्त्व बी वि सिंह, (भक्तबहादुर सिंह)को अगुवाइमा नेपाली सम्पर्क समितिका अध्यक्ष हरि खनाल, पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसान गौतम, कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष गणेश कोइराला सुदुरपस्चिम समाज दक्षिण कोरियाका अध्यक्ष दिल बहादुर  मडै, दैलेख समाज दक्षिण कोरिया तथा सामाजिक अभियन्ता माधव आचार्यको समन्वयमा संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो