2026-07-24 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाहुना लाग्दै धनमाल चोरी गर्ने युवक पक्राउ

पुस २७, काठमाडौं | अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त  र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने काममा ती युवक सक्रिय थिए ।

पक्राउ पर्नेमा भारतको बिहार, फारबिसगञ्जका ३५ वर्षीय सन्तोष थापा छन् । उनलाई इलामको माई नगरपालिका ३ बाट पक्राउ गरिएको हो ।  उनको साथमा रहेको आधार कार्डका आधारमा उनलाई यसरी पहिचान गरिएको प्रहरीले जनाएको छ ।

इलामको माई नगरपालिका र सन्दुकपुर गाउँपालिकामा स्थानीय बासिन्दाको पाहुनाका रूपमा बास बसेर नगद, मोटरसाइकल, गहनालगायत धनमाल लुटेको प्रहरीले जनाएको छ ।

गत मङ्सिर ५ गते राति माई नगरपालिकाको कालीखोलाका ५६ वर्षे धनबहादुर केरुङ र ६८ वर्षीय पूर्णबहादुर आले मगरको घरबाट नगद १८ हजार आठ सय, एउटा ल्यापटप, एउटा टिभी, दुइटा मोबाइलसहित करिब एक लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटिएको थियो । त्यस घटनामा थापाकै संलग्नता रहेको जनाइएको छ ।

पक्राउ परेका थापाले झापा र मोरङका विभिन्न स्थानमा पनि यसैगरी धनमाल लुटेर भाग्ने गरेको पाइएको छ । गाउँ गाउँ पुगेर स्थानीयको घरमा बास माग्ने र अनेक साइनो लगाएर विश्वस्त बनाउने उनको जुक्ति पाइएको छ ।

कहिले छोराको मित हुँ भन्ने, कहिले कुनै टाढाको आफन्त भएको बताउने अनि कहिले भारतीय लाहुरे हुँ भन्ने उनले आफ्नो साथमा १० वर्षीय छोरा पनि साथै लैजाने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक