२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साथीको कोठामा अचेत भेटिएका युवकको मृत्यु

२०८०, २७ पुष शुक्रबार ०८:१०

पुस २७, काठमाडौं | भक्तपुरको मध्यपुर थिमीस्थित साथीको घरमा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। मध्यपुर थिमी- ९, बोडे निलबाराही २ नम्बर गेट नजिक रहेको ओमबहादुर खड्काको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको लिसखुपाखर गाउँपालिका- ७ घर भएका २५ वर्षीय रोमन कार्कीको कोठामा उनका साथी २६ वर्षीय सुजन तामाङ बिहीबार बिहान अचेत भेटिएका थिए।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। बिहीबार बिहान कोठामा अचेत अवस्थामा फेला परेका तामाङलाई उपचारको लागि प्रहरीले मध्यपुर अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए।

तामाङ विगत पाँच दिनदेखि कार्कीको कोठामा बस्दै आएका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। तामाङको घर पनि सिन्धुपाल्चोकको लिसखुपाखर गाउँपालिका– ७ नै हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो