२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

२०८०, २७ पुष शुक्रबार ११:३३

पुस २७, काठमाडौं | पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो।

 बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए। खुकुरी प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन्।

 बिहीबार बेलुका ८ बजे घरायसी विवाद मिलाउन ससुराली घरमा छलफल भइरहेका बेला कुरुम्बाङले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको कुशवाहले बताए। त्यसपछि उनले सासुलाई खुकुरी प्रहार गरेका थिए। त्यसक्रममा झगडा छुट्याउन गएका बेला छिमेकी श्रेष्ठमाथि पनि उनले खुकुरी प्रहार गरेका थिए।

 ‘घरायसी विवाद के थियो भन्ने स्पष्ट खुलेको छैन, तर सासू र श्रीमतीसँग छलफल भइरहेका बेला कुरुम्बाङले एक्कासि खुकुरी प्रहार गरेको बुझिएको छ,’ कुशवाहले भने, ‘रोक्न जाँदा छिमेकीलाई पनि प्रहार गरेको बुझिन्छ।’

 कुरुम्बाङ घटनापछि फरार छन्। उनको खोजी भइरहेको कुशवाहले बताए। घाइते सासू कान्छीमाया र श्रेष्ठको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते रहेकी कान्छीमायाको आइसियूमा राखेर उपचार भइरहेको कुशवाहले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो