2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कोल्हुवामा राईनो संरक्षण गोल्डकप आजबाट शुरु, सम्पुर्ण तयारी पुरा

कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ कोल्हुवामा राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिद्धारा प्रवद्र्धित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज कात्तिक १ गतेबाट शुरु भई कात्तिक १३ गतेसम्म चल्ने बताइएको छ । खेल कुमारवर्ति बहुमुखी क्याम्पस कोल्हुवाको प्रांगणमा हुँदैछ ।

जम्मा १२ टिम सहभागी हुने यसखेलको उद्घाटन समारोहमा बन मन्त्री शंकर भण्डारी प्रमुख अतिथि त्यसैगरी खेलकुद मंन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लाका माननिय सांसदहरु बिशेष अतिथिका रुपमा रहने मुल आयोजक नन्द भाउजु उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले साझासबाललाई जानकारी दिए । 

सोमबार बिहान ११ बजेबाट शुरु हुने उद्घाटन समारोहको पहिलो चरणको खेलमा पिप्ले युथ क्लब हेटौंडा र जगदम्बा लुम्बिनी क्लब बिच प्रतिस्पर्धा हुने खेल संयोजक टेक प्रसाद पोख्रेलले बताए । बिगतका बर्ष जस्तै यसबर्ष पनि खेल सञ्चालन गर्न लागिएको र खेलको मुल उद्धेश्य भनेको नेपालकै दुर्लभ एक सिंगे गैडाको संरक्षणमा टेवा पुर्याउने रहेको संयोजक पोख्रेलले बताए ।  

आजबाट सुरु हुने खेलको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । खेल मैदान ब्यवस्थापक तथा युवा परिचालक हरि राईका अनुसार खेल हेर्नका लागी दशहजार दर्शकको क्षमताको खेल मैदान र आवश्यकता अनुसारको युवा परिचालन गरीएको छ । खेलमा कात्तिक ११ र १२ गते भने नवलपरासी जिल्ला भित्रको महिला फुटबल हुने बताइएको छ । 

खेलमा प्रथम हुने टिमलाई ३ लाख २५ हजार ५ सय ५५ नगद र मेडल, प्रमाणपत्र त्यसैगरी द्धितिय टिमलाई १ लाख ६५ हजार ५ सय ५५ नगद र मेडल, प्रमाणपत्र सहित सम्मान गरीने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई