2026-07-06 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कृषकद्वारा भन्सार कार्यालयको गेटमै विरोध

कात्तिक १, कञ्चनपुर । कञ्चनपुर र कैलाली जिल्लाका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर आज विरोध जनाएका छन् । 


दुवै जिल्लाका केरा कृषकले प्रयोगशालामा परीक्षण नगरीकनै विषादी राखिएको केरा भारतबाट भित्र्याउने कार्यको विरोध गरेका हुन् । 

“विश्व व्यापार सङ्गठनको मापदण्ड मिचेर विषादी राखेर पकाइएको भारतीय केरा भित्र्याउने कार्यको विरोध गरेका हौँ” कैलालीका केरा व्यवसायी लक्षीराम आचार्यले बताउनुभयो । 

कैलालीका केरा खेतीमा संलग्न कृषक आचार्यले युवा कृषकले जिल्लामै पुग्ने गरी करोडौँ रकम खर्चेर केरा उत्पादन गरे पनि भन्सारमा रहेको सरकारी निकायले निर्वाध परीक्षण नगरिकनै भारतीय केरा भित्र्याउन दिँदा यहाँका कृषकको लगानी जोखिममा परेको बताउनुभयो । 

कञ्चनपुरका केरा कृषक लोकेन्द्र लम्सालले गैरकानुनी ढङ्गबाट केरा नेपाल भित्र्याउने कार्यले अर्थतन्त्रमा नकारात्मक असर पुगेको बताउनुभयो । 

“भारतबाट आउने केरा प्रयोगशालामा परीक्षण गरेरमात्रै आयात हुनुपर्ने व्यवस्था भएपनि प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका कर्मचारीले अाँँखाले हेरेर प्रमाणपत्र दिने भएकाले भारतीय केरा व्यवसायीलाई सहज भएको छ” – उहाँले भन्नुभयो । 

प्रयोगशालामा परीक्षण नगरिकनै केरा भित्र्याउने कार्यको विरोध गरेका छौँ, उहाँले भन्नुभयो – “अखाद्य केराको परीक्षण गर्ने व्यवस्था नहुँदासम्म भित्र्याउन दिँदैनौँ, यसका लागि थप आन्दोलनका कार्यक्रम अगाडि बढाइन्छ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो