2026-07-24 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना

माघ ९, काठमाडौँ | संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामीसम्बन्धी सूचना प्रकाशित भएको छ । 

नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामिको ३५ दिने सूचना जारी गर्दै फागुन १० गतेभित्र कर्जा चुक्ता गर्न भनेको छ । पाम फुड्स एण्ड ओभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ताको रुपमा बसेका थिए । 

नेम्वाङका भाई बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएकी थिइन् । जस अनुसार बैंकले लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित शान्तिनगर– ५ का रुद्रप्रसाद गिरी पनि थिए । 

बैंकले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङसो, सम्याङ, भाई सुरेस कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावती लगायतको नाममा ३५ दिने सूचना जारी गरेको छ । त्यस्तै व्यक्तिगत जमानीकर्ताको रुपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी गरेको छ । 

बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलामस्थित इलाम– २ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने बताइएको छ । नेता नेम्वाङको भने गत भदौं २५ गते हृदयघातका कारण निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक