२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आर्मीसँग एपिएफ हार्दा, बागमती गण्डकीसँग पराजित

२०८०, ९ माघ मंगलवार ११:३०

माघ ९, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय क्लब एपिएफ लगातार तेस्रो हारको सिकार भएको छ। त्यस्तै, अर्को खेलमा लगातार चार जितपछि बागमती गण्डकीसँग स्तब्ध बन्यो। एपिएफले सुरुवाती २ खेलमा जित निकाले पनि त्यसयता लगातार पराजित हुँदै आएको छ।

लुम्बिनीस्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा विभागीय क्लब एपिएफ पहिले ब्याटिङ गर्दै ३२.४ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा समेटियो। एपिएफका लागि कप्तान रोहित पौडेलले ५९ रनको अर्धशतकीय इनिङ बनाउनु सर्वाधिक रह्यो। जवाफमा उक्त लक्ष्य आर्मीले ७५ बल बाँकी हुँदै ६ विकेट गुमाएर पुरा गर्‍यो।


एपिएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा अभिनास कर्णले २ तथा विवेक यादव, सहाव आलम र बसिर अहमदले समान १–१ विकेट लिएका थिए।

१ सय २२ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको आर्मीका लागि विनोद भण्डारीले ३४ रनको नटआउट इनिङ खेले। त्यस्तै, कुशल मल्लले १९ तथा बसिर अहमेदले १८ रन बनाए। थप दोहोरो स्कोरका रुपमा इम्रान शेखले १६ तथा सन्तोष कार्कीले ११ रन बनाए। एपिएफका रमेश कुर्मीले २ विकेट लिएका थिए।

त्यस्तै, मंगलबार नै टियू मैदान कीर्तिपुरमा भएको खेलमा बागमती गण्डकी प्रदेशसँग पराजित भयो। पहिले ब्याटिङ गरेको बागमतीले ४९.१ ओभरमा अलआउट हुँदै १ सय ९८ रन बनाएको थियो।

उसका लागि आशुतोष घिरैयाले ४४ रन बनाउँदा इशान पाण्डेले ४३ रन बनाएका थिए। त्यस्तै, अशोक पौडेलले ३० तथा विपिन आचार्यले ३८ रन बनाए। गण्डकीका कमल परियारले ४ विकेट लिएका थिए।

१ सय ९९ रनको लक्ष्य पछ्याएको गण्डकी ४९.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। गण्डकीको जितमा करन पंगेनीले ७९ रनको योगदान दिँदा ईश्वर क्षेत्रीले ३६ तथा समीर कँडेलले १९ रन बनाए। त्यस्तै, मुकेश थापाले २७ रन जोड्दा कमल परियारले २० रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु