१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘तपस्वी’ बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु

१० माघ २०८०, बुधबार ०७:१३

माघ १०, काठमाडौं | ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध  उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु भएको छ । बम्जनविरुद्ध सर्लाही प्रहरीमा किशोरीले बालयौन शोषणको जाहेरी दिएकी थिइन् ।

रौतहटबाट सिन्धुलीको डकाहा जाँदै गरेका ती किशोरीका बुवा सवार बा.५८ प ९१४१ नम्बरको  मोटरसाइकललाई भिमानमा ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । मङ्गलवार साँझ दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।

भिमानतर्फ जाँदै गरेको प्रदेश–२–०४–००१ ट–००१० नम्बरको ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीका बुवासँगै आएका ना.११ प ५७५० नम्बरको मोटरसाइकल चालकलाई पनि ट्याक्टरले ठक्कर दिएको छ । सो मोटरसाइकलका चालक सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । बम्जन मङ्गलवार साँझ काठमाडौँको हात्तिगौंडाबाट पक्राउ परेका हुन् । अहिले उनी मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय महोत्तरीमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक