२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उच्चशिक्षा अध्ययन गर्न पालिकाको कर्जा

२०८०, १० माघ बुधबार ११:१६

माघ १०, काठमाडौँ | डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई कर्जा दिने भएको छ। नगरपालिकाले एसइई वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिना ब्याजमा कर्जा दिने निर्णय गरेको हो।

नगरपालिकाको १४औँ नगरसभाबाट प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिना ब्याजमा रू पाँच लाखसम्म कर्जा दिन निर्णय भएको नगरप्रमुख जोशीले जानकारी दिए। उनका अनुसार यसै शैक्षिक सत्रबाट लागू हुनेगरी सो कर्जा उपलब्ध गराउने कार्य अघि बढाइएको छ।


आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई नगरपालिकाले बिनाब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर उच्चशिक्षा अध्ययनका लागि ऋण दिने व्यवस्था गरेको प्रमुख जोशीको भनाइ थियो। यो निर्णयले भित्री मधेशका विद्यार्थी हर्षित बनेका छन्।

१४औँ नगरसभाबाट शैक्षिक कर्जासम्बन्धीको ऐन पारित गरी उक्त निर्णय कार्यान्वयन गर्न लागिएको नगरप्रमुख जोशीले जानकारी दिए। उच्च शिक्षा अध्ययन गर्नका लागि प्रदान गरिने कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा सरकारबाट मान्यता प्राप्त हुनुपर्ने प्रावधान रहेको परशुराम नगरपालिकाले जनाएको छ।

लक्षित समुदायका बालबालिकासहित लोपोन्मुख परिवार, विपन्न वर्ग र महिलाको शिक्षामा पहुँच बढाउन सहुलियतता प्रदान दिनेगरी नगरपालिकाले शिक्षामा लगानी गर्न लागेको जोशीको भनाइ थियो। उक्त कर्जा लिनका लागि विद्यार्थीले वडाकार्यालयमा निवेदन पेस गरी सिफारिस लिनुपर्नेछ।

उक्त ऋण एक परिवारको एकजनाले मात्रै पाउनेछन् । उक्त कर्जा रकम शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुुई वर्षभित्र ५० प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। कर्जासम्बन्धी पारित भएको ऐन राजपत्रका प्रकाशित भएपछि चालु आर्थिक वर्षदेखि लागू गरिने नगरपालिका कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द