१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनौठो प्रतिस्पर्धा: एक महिनासम्म फोन नछुनेलाई १३ लाख ३३ हजार पुरस्कार

१० माघ २०८०, बुधबार ११:४३

माघ १०, काठमाडौँ | पछिल्लो समय विश्वभर अनौठा अनौठा प्रतिस्पर्धा भइरहेका छन् । हालै मात्र अमेरिकी दही ब्रान्ड सिग्गी डेरीले नयाँ खाले प्रतिस्पर्धाको घोषणा गरेको छ । मानिसहरूमा जति बेला पनि मोबाइल र स्क्रिनमा टाँसिएर बसिरहने बानी विकास भइरहेको बेलामा यो प्रतिस्पर्धा सबैलाई जरुरी हुनसक्छ ।

प्रतिस्पर्धामा सहभागीहरूले एक महिनासम्म मोबाइल फोनसँग सम्बन्ध विच्छेद गरेर बस्नुपर्नेछ । यसको भाग्यशाली विजेताले १० हजार डलर अर्थात १३ लाख ३३ हजार नेपाली रुपैयाँ पाउँनेछन् ।


सिग्गीले यो प्रतिस्पर्धाको नाम ‘डिजिटल डिटक्स प्रोग्राम’ राखेको छ । यस प्रतियोगितामा एक महिनाका लागि प्रतियोगीहरूले मोबाइल फोनसँग टाढिएर बस्नुपर्नेछ । यस्तो गर्न सक्ने मध्ये १० भाग्यशाली विजेतालाई छानेर यो पुरस्कार दिइनेछ । ‘ड्राई जनवरी’ अर्थात् जनवरी महिनाभरि नै रक्सी छुँदै नछुने अभियानबाट प्रेरित भएर कम्पनीले यो प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिस्पर्धामा सहभागिताका लागि छानिएका व्यक्तिहरूले आफ्नो स्मार्टफोनलाई एउटा बाकसमा सुरक्षित रूपमा राखेर एक महिनासम्म एनालग जीवन बिताउनेछन् । डिजिटल ब्रेकको बदलामा विजेताहरूले आकस्मिक समयका लागि भने प्रिपेड सिम कार्ड, एउटा दोबार्न मिल्ने फोन दिइनेछ ।

विजेताहरूले यी पुरस्कारको साथमा तीन महिनासम्म निःशुल्क रूपमा सिग्गी दही पनि पाउनेछन् । यो वर्ष आफूहरूले नयाँ खालको ‘ड्राई जनवरी’ प्रस्तुत गर्न थालेको कम्पनीले प्रतियोगिताको घोषणा गर्ने क्रममा आफ्नो वेबसाइटमा भनेको छ । यसमा एक महिनासम्म जाँड रक्सीबाट टाढा रहनुको सट्टा स्मार्टफोनलाई नछुने चुनौती दिइनेछ ।

कमभन्दा कम डिस्ट्र्याक्सनको साथमा जीवन जिउने शक्तिमा हाम्रो विश्वास छ’ वेबसाइटमा भनिएको छ । यो प्रतिस्पर्धामा सहभागिता जनाउन चाहनेहरूले जनवरी ३१ सम्ममा आवेदन दिन सक्नेछन् । डिजिटल लाइफबाट पूरै छुट्टी सकाएर पुरस्कार राशि जित्न तयार भएकाहरूले सिग्गीको वेबसाइटमा आवेदन दिन सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक