१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडा पठाइदिन्छु भन्दै ठग्ने २ विदेशीसहित ६ जना पक्राउ

११ माघ २०८०, बिहीबार ०५:३१

माघ ११, पोखरा | क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना क्यानेडियन र भारतीयसमेत रहेका छन् । 

मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानडा लैजाने प्रलोभन देखाएर अन्र्तवार्ता लिन बोलाएको सूचना पाएको प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ गरेको हो । 

पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनारले छोरी क्यानेडामा रहेकाले सिधैं भिषा निकाल्ने प्रलोभन देखाएर अन्र्तवार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । ‘अन्तरवार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तरवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा फेला पार्‍यौं’, उनले भने । 

पक्राउ पर्नेमा पार्वती सुनारसहित  पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् । यस्तै क्यानेडाका स्थायी ठेगनाका भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन् । 

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धि मुद्वामा ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ । 

अन्तवार्ता दिने करिब ३० जना थिए  । ‘कोही भर्खर पढ्दै प्लस टु पढ्दै गरेका थिए । होटलमा काम गर्दै गरेका पनि भेटिए । अझै केही सम्पर्कमा आउन बाँकी छ’, डिएसपी विकले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक