१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न हेटौँडा पुगीन् सुनिता

११ माघ २०८०, बिहीबार ०७:४९

माघ ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

मेयर बालेन कार्यव्यस्तताका कारण मतदानमा सामेल नहुने उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। ‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ भूपदेवले भने ।

यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेन्द्रले मतदान गरेका थिएनन् । एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।


बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, आज भएको निर्वाचनको मतपरिणाम आजै साँझसम्म सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको रहेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशत मतदान भइसकेको शर्माले जानकारी दिए ।

‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म (११ः ३०) करिब ७० प्रतिशत मत खसिसकेको अवस्था हो ।’

उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए । साढे चार बजे पछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए ।

‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगले गरेको छ,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक