२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न हेटौँडा पुगीन् सुनिता

२०८०, ११ माघ बिहीबार ०७:४९

माघ ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

मेयर बालेन कार्यव्यस्तताका कारण मतदानमा सामेल नहुने उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। ‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ भूपदेवले भने ।

यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेन्द्रले मतदान गरेका थिएनन् । एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।


बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, आज भएको निर्वाचनको मतपरिणाम आजै साँझसम्म सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको रहेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशत मतदान भइसकेको शर्माले जानकारी दिए ।

‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म (११ः ३०) करिब ७० प्रतिशत मत खसिसकेको अवस्था हो ।’

उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए । साढे चार बजे पछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए ।

‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगले गरेको छ,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक