१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यू-१९ विश्वकप: अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा

११ माघ २०८०, बिहीबार १०:११

माघ ११, काठमाडौँ | नेपालले दक्षिण अफ्रिकामा जारी आईसिसी यू-१९ विश्वकपको पहिलो चरणमा लगातार दुई हार ब्यहोरेको छ ।

समूहमा अब एक खेल मात्र खेल्न बाँकी रहेपनि नेपालको अगाडि बढ्ने सम्भावना कायमै छ।समूहको आफ्नो अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराउन सके नेपाल सुपर सिक्समा पुग्नेछ । प्रतियोगिताको दोस्रो चरणमा ६-६ टोलीका दुई वटा समूह रहनेछन् ।

पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित नेपाल दोस्रो खेलमा बुधबार पाकिस्तानसँग ५ विकेटले निराश भएको थियो ।


चार टोली रहेको समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने भएकाले नेपालको सम्भावना कायमै छ । नेपाल नेटरनरेट आधारमा अफगानिस्तानभन्दा अगाडि रहँदै तेस्रोमा छ ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । पाकिस्तानसँग २८५ रनको लक्ष्य पाएको अफगान टोली १०३ रनमा अलआउट भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानलाई ९१ रनमा अलआउट गर्दै न्युजिल्यान्डले जीतको आधार बलियो बनाए पनि उसलाई सजिलो भने भएन । नेपालले न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य पछ्याउने क्रममा २३८ रन जोडेको थियो भने पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै १९७ रन जोडेको थियो ।

पहिलो चरणमा नेपाल समूह ‘डी’मा छ । समूह ‘ए’ र समूह ‘डी’का शीर्ष ३/३ टोली सुपर सिक्समा भिड्नेछन् । समूह ‘ए’मा भारत, आयरल्यान्ड, अमेरिका र बंगलादेश छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक