१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२०८१ का लागि अहिलेदेखि नै विद्यार्थी भर्ना नगर्न काठमाडौँ महानगरको चेतावनी

११ माघ २०८०, बिहीबार ११:३४

माघ ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया अहिले नै अगाडि नबढाउन निर्देशन दिएको छ । चालु शैक्षिक सत्र नसकिएको तथा नयाँ शैक्षिक सत्र आउन अढाई महिना बाँकी रहेका बेला प्रक्रिया अगाडि नबढाउन महानगरले भनेको हो ।

महानगरभित्रका केही विद्यालयहरूले अहिले नै विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको गुनासो आएपछि महानगरले चेतावनी दिएको छ ।

‘भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरीप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, ‘शैक्षिक सत्रको सुरुवातको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न नगराउन सूचित गर्दै त्यस प्रकारको सूचना प्रकाशन गरेको पाइएमा महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक