विकल पौडेल र सुनिल पौडेललाई ७ दिनसम्म थुनामा राख्न अनुमति

Posted on: 25 Jan, 2024

माघ ११, काठमाडौँ | विशेष अदालतले बुधबार पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । पक्राउ परेको भोलीपल्ट अख्तियारले उनीहरुलाई विशेष अदालतमा उपस्थित गराएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!