सडकबाट ५ सय मिटर तल दार्चुलामा पुरुषको शव भेटियो

Posted on: 26 Jan, 2024

माघ १२, दार्चुला | दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको दुहु गाउँपालिका–४ फारा का ७२ वर्षीय दौलतसिंह कुवर बिहिवार मृत फेला परेका हुन।

कुवरको शव दुहु–३ सेरापाटास्थित सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको अवस्थामा फेला परेको हो।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको र घटनाबरे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!