सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदको निर्णय

Posted on: 26 Jan, 2024

माघ १२, काठमाडौं | सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् । 


शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन् । उनीहरुले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयनको निर्णय गरेका हुन् ।

भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउन गरिएको निर्णयबारे प्रदेशसभा संसद् सचिवालयलाई जानकारी गराइएको उनीहरुले जानकारी दिएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!