१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सानैमा बेचिएका जुम्ल्याहा दिदीबहिनीलाई टिकटक भिडियोले भेटाइदियो

१२ माघ २०८०, शुक्रबार ०९:२२

माघ १२, काठमाडौं | एमी र एनी दिदीबहिनी हुन् त्यो पनि जुम्ल्याहा । तर जन्मलगत्तै आमाबाट खोसेर कसैले दुबैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए । वर्षौँपछि टिभी ट्यालेन्ट शो र टिकटक भिडियोका कारण ती दिदी बहिनीको भेट भएको छ । समाचारअनुसार जर्जियामा अस्पतालबाट हजारौँ बच्चा चोरेर बेचिएका छन् । एमीलाई आफ्नो विगतले सोचमग्न बनाएको छ । विगत एक हप्तायता उनी फिटिक्कै निदाएकी छैनन् ।

टिकटकमा एउटा भिडियो हेर्दै एनो आफूहरूलाई बेचिदिने महिला यही होला भन्ने सोचिरहेकी छिन् । दुवै दिदीबहिनी आत्तिएका छन् । आफ्नो विगत के थियो, कसले बेचिदियो जस्ता अनुत्तरित प्रश्नहरू खोजेर उनीहरू जर्जियाबाट जर्मनीसम्म पुगे । आफूलाई जन्म दिने आमालाई पनि भेट्दै छन् । विगत २ वर्षयता एमी र एनोले आफूहरूलाई ठ्याक्कै के भएको थियो त भनेर खुट्याउने प्रयास गरे । यसक्रममा आफूहरू दुई मात्रै नभएको महसुस गरे ।


गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका छन् । अधिकारीहरूले पनि यसबारे छानबिन गरेका छन् । तर अहिलेसम्म दोषी फेला परेका छैनन् । एमी र एनोले १२ वर्षको उमेरमा जर्जियाज गट ट्यालेन्टमा एक–अर्कालाई भेटे । एमी कृष्ण सागर नजिक आफ्नो हजुरआमाको घरमा जर्जियाज गट ट्यालेन्ट हेरिरहेकी थिइन् । त्यहाँ उनले ठ्याक्कै आफूजस्तै अर्को केटी नाचिरहेको देखिन् । सात वर्षपछि सन् २०२१ को नोभेम्बरमा सात वर्षपछि एमीले टिकटकमा आफ्नो एउटा भिडियो हालिन् ।

एनोलाई उनको एक साथीले त्यो भिडियो पठाइन् । अनि एमीलाई खोज्न थलिन । ह्वाट्स एप गु्रपमा भिडियो हालेर कसैले चिनेको छ भनेर सोधिन् । एमीले चिनेको कुनै व्यक्तिले चिनेर ती दुबैलाई फेसबुकमा एकअर्कासँग जोडिदिए । एमी जर्जियाज गट ट्यालेन्टमा आफूले देखेको केटी भन्नेकुरा एमीले थाहा पाइ हालिन् । केही दिनमा आफूहरूबिचमा धेरै कुरामा समानता पाए । समयसँगै आफूहरू ‘आइडेन्टिकल ट्विन’ भएको पाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक