१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्काको घरमा आगो लगाएर भागेका प्रेम पाँच महिनापछि पक्राउ

१२ माघ २०८०, शुक्रबार १०:१२

माघ १२, काठमाडौं | जिल्ला प्रहरी कार्यालयले अर्काको घरमा आगो लगाएर फरार भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानी घर भइ हाल बाग्लुङ नगरपालिका वडा नं. ३ गहते बस्दै आएका ५९ वर्षका प्रेमबहादुर विक (प्रतेल) रहेका छन् ।

प्रहरीका अनुसार विकले गत असोज ११ गते बाग्लुङ नगरपालिका वडा नं. ७ का रमेशराज पाण्डेको घरमा आगो लगाइदिएका थिए । आगलागीका कारण पाण्डेको घरमा रहेका सबै सामग्री, नगद, गरगहना र परालको टौवासमेत जलेर नष्ट भएको थियो । सो आगलागीमा १९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसपछि विक फरार भएका थिए । उनको खोजी गर्ने क्रममा रुपन्देहीमा रहेको सूचना पाएपछि रुपन्देही प्रहरीको समन्वयमा पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

विकविरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक