२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

२०८०, १२ माघ शुक्रबार ११:२१

माघ १२, काठमाडौं | सरोकारवाला निकायहरूले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको कार्यक्रममा उनीहरुले स्वास्थ्य परीक्षण कार्यलाई समेत प्रभावकारी बनाउने विषयमा प्रतिबद्धता जनाएका हुन् ।

दुवै काम प्रभावकारी हुन नसक्दा विदेशमा धेरै नेपालीहरू अप्ठ्यारामा पर्नुका साथै अंगभंग तथा मृत्यु समेत हुने गरेका छन् । उक्त कार्यलाई व्यवस्थित गरेर प्रभावकारी बनाउन सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीको अध्यक्षतामा वैदेशिक रोजगारमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिम एवं स्वास्थ्य परीक्षण गर्ने कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी संघ, पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था एवं वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूसँग सरोकारवालाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमपछि प्रभावकारी अभिमुखीकरण तालिम मार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचनाहरू नपाइकन वैदेशिक रोजगारमा जाने कामदारहरूको संख्यालाई शून्यमा झार्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो