बर्दियामा झोलुङ्गेपुलमुनि एक युवक मृत फेला

Posted on: 27 Jan, 2024

माघ १३, बर्दिया | बर्दियामा झोलुङ्गेपुलमुनि एक युवक मृत फेला परेका छन्। राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक युवक मृत भेटिएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

मृतक मधुबन नगरपालिका-०२ ओराली बजारका ३५ वर्षीय सरोजकुमार सुनार रहेको बर्दिया प्रहरीले जानकारी दिए।

अहिले शव पोष्टमर्टमका लागि पठाइएको रिपोर्टपछि थप कुरा थाहा हुने बर्दिया प्रहरीले बताए |

प्रहरीले घटनाबारे सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!