जीबी राईलाई पक्राउ गर्न इन्टरपोलले जारी गर्‍यो नोटिस

Posted on: 28 Jan, 2024

माघ १४, काठमाडौँ | सहकारी ठगीमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलले नोटिस जारी गरेको छ ।

इन्टरपोलले केही दिनअघि राईसहित फरार रहेका उक्त सहकारीका केही पदाधिकारीका नाममा डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।


यसअघि नेपालस्थित प्रहरी प्रधान कार्यालय मातहत रहेको नेशनल सेन्ट्रल व्युरो (एनसीबी)ले इन्टरपोललाई नोटिस जारी गर्न पत्राचार गरेको थियो ।

राई सुदर्शन सहकारीका अध्यक्ष हुन् । राईसँगै पूर्वअध्यक्ष भुपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!