१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिसाको सेटिङ : विमानस्थल अध्यागमन कार्यालयका ८ अधिकृत फरार

१४ माघ २०८०, आईतवार ०९:०७

माघ १४, काठमाडौँ | भिजिट भिसाको सेटिङको आरोप लागेका त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार भएका छन्। प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ।


उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन्। भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा अध्यागमनका ९ जना अधिकृतमाथि मुद्दा चलाउने राय प्रहरीले दिएको छ। यसअघि अध्यागमनमा कार्यरत रहेका अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध पनि प्रहरीले पक्राउ अनुमति लिइसकेको छ। तर अनुसन्धानको म्याद सकिन लागेकाले प्रहरीले उनीहरूलाई फरारकै सूचीमा राखेर आइतबार प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ।

उनीहरु हाल कहाँ कहाँ कार्यरत छन्? भन्ने खुलाएर पठाइदिन प्रहरीले सामान्य प्रशासन मन्त्रालयसँग विवरण माग गरेको छ। यसअघि उनीहरु अध्यागमन कार्यालयमा भए पनि हाल कहाँ कार्यरत छन् भन्ने खुलेको छैन। तर अध्यागमनमा कार्यरत रहँदा उनीहरु भिजिट भिसाको सेटिङमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीले बताए। पक्राउ परेका नरवीर खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। पक्राउ पर्नासाथ उनले आफू बाहेकका अरु अधिकृतहरु पनि संलग्न रहेको बताएका थिए।

प्रहरीका अनुसार भिजिट भिसाको सेटिङ पहिले ताराबहादुर कुंवरले मिलाउँथे। पछि उनले नरवीर खड्कालाई जिम्मा लगाएका थिए। उनीहरू दुवै जना रुकुमकै हुन्। पछिल्ले समय नरबहादुरले नै दाललसँग मिलेर विमानस्थलमा सेटिङ मिलाउने गरेको प्रहरीको दाबी छ। पक्राउ परेका दुई जना बिचौलियाले नरवीरलाई दुई करोड बुझाएको अनुसन्धानका क्रममा बताएका छन्। नरवीरले अध्यागमनका कर्मचारीलाई रकम बाँड्ने गरेका थिए।नरवीरले सुरुमा प्रहरीसँगको सोधपुछमा भनेका थिए, ‘तपाईंहरुले ट्रक लिएर गएर अध्यागमनका सबै कर्मचारीलाई ल्याएर थुन्नु भयो भने पनि पाप लाग्दैन। त्यहाँ घुस नखाने भनेको पहिले एक जना महिला कर्मचारी हुनुहुन्थ्यो। उहाँलेचाहिँ पैसा दिँदा पनि लिन मान्नु हुँदैनथ्यो।’

प्रहरीले भिजिट भिसाको सेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ। सुरुमा लिखत सम्बन्धि कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो।पछि संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरेको थियो। आइतबार अनुसन्धान थालेका ५७ औं दिन भयो। ६० दिनभित्रमा जिल्ला अदालतमा मुद्दा दायर गरिसक्नु पर्नेछ।

प्रहरीले भिजिट भिसामा सेटिङको आरोपमा अध्यागमन कार्यालयका कर्मचारीमाथि अनुसन्धान सुरु गरेसँगै अध्यागमनका कर्मचारी र प्रहरीवीचको विवाद कुटाकुटमा पुगेको छ। अध्यागमनका अधिकारीहरूले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर गएर बढी चासो दिएको आरोप लगाएका छन्। गतसाता भिजिट भिसामा विदेश जान लागेका ८० जनाभन्दा बढीलाई २४ घण्टाभित्रमै फिर्ता गरिएको थियो। उनीहरुलाई फिर्ता गरिएको विषयमा पनि अध्यागमनका अधिकारीहरु रुष्ट बनेका थिए। प्रहरीले भने अध्यागमनका कर्मचारीले सेटिङमा पठाउन लागेको आरोप लगाएको छ। गत शुक्रबार अध्यागमनका अधिकृतको शरीर चेकजाँच गर्न खोजेपछि विमानस्थलभित्रै प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक