२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

२०८०, १४ माघ आईतवार १०:१८

माघ १४, काठमाडौँ | वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ महाराजगन्ज बस्दै आएका ५४ वर्षीय पृथ्वी राज सिग्देल रहेका छन्। 


उनले मनिराण तिमल्सिनसमेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने भन्दै मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्यूरिटी गार्डमा काम लगाइदिने र त्यसको मासिक तलब १ लाख ८० हजार हुन्छ भन्दै प्रलोभन दिएका थिए। उक्त प्रलोभनमा परी पीडितहरुबाट पटक–पटक गरी दुई लाख ७० हजार रुपैयाँ दिएपछि सिग्देल उक्त रकम लिएर सम्पर्कविहीन बनेका थिए। 

आफूहरु ठगिएको भनी पीडितहरुबाट आएको उजुरीका आधारमा प्रहरीले सिग्देललाई १२ गते दिउँसो साढे १२ बजेतिर दरबारमार्गबाट पक्राउ गरेको थियो। पक्राउ परेका सिग्देललाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह