२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकामा के गर्दैछिन् राजेन्द्र लिङदेनकी छोरी ?

२०८०, १४ माघ आईतवार १२:२०

माघ १४, काठमाडौँ | रेखा थापा बच्चा पाउन अमेरिका गएको विषयबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  गरेको टिप्पणीले सामाजिक सञ्जाल तताइरहेको छ । 

रेखा स्वयम्ले आफ्नो पार्टीको अध्यक्षलाई काउन्टर गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखिन् । रेखाले लिङदेनको नाम उल्लेख नगरिकन लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो, अमेरिकामा किन राखेको ?’

रेखाले लेखेजस्तै लिङदेनकी छोरी समता लिङदेन केही वर्षदेखि अमेरिकामा छिन् । यद्यपि, उनी रेखाजस्तो बच्चा पाउनका लागि त्यहाँ पुगेकी भने होइनन् । समता अहिले अमेरिकामा वाणिज्यशास्त्र विषयमा मास्टर्स पहिलो वर्षमा अध्ययनरत छिन् । उनले ब्याचलरको अध्ययन पनि अमेरिकामै गरेकी हुन् । समताले अमेरिकामा काम गर्दै पढिरहेकी छन् ।


पारिवारिक स्रोतका अनुसार ब्याचलर सकेर समता नेपाल फर्किएकी थिइन् । त्यसपछि उनी पुन मास्टर्स पढ्न करिब डेढ वर्षअघि गएकी हुन् । गएको दशैंमा पार्टी कार्यक्रमका लागि लिङदेन आफ्नी पत्नी सहित अमेरिका गएका थिए । त्यसबेला छोरीसँग भेटेको तस्वीर अहिले सामाजिक सञ्जालमा कतिपयले सेयर गरिरहेका छन् ।

समता अध्ययन पूरा गर्नासाथ नेपाल फर्किने योजनामा रहेको आमा सिता थापा लिङदेनले बताइन् ।

‘छोरीको अमेरिकामा सेटल हुने कुनै पनि योजना छैन । पढाइ सकेर फर्किहाल्छु भनेकी छ,’ उनले भनिन् ।

लिङदेन दम्पत्तीका तीन सन्तानमध्ये समता जेठी हुन् । दुई छोरामध्ये एकजना डिल्लीबजारको ट्रिनिटी क्याम्पसमा र अर्को छोरा विद्यालयमा पढ्छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनताका छोराछोरी जसरी अमेरिका पढ्न जान्छन्, समता त्यसैगरि गएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो