१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अदालतबाट भागेका थुनुवाको हत्कडी खोलिदिनेदेखि कोठामा राख्नेसम्मलाई मुद्दा

१५ माघ २०८०, सोमबार ०६:४१

माघ १५, काठमाडौँ | काठमाडौं जिल्ला अदालतबाट पुस १८ गते फरार भएका ठगी मुद्दाका थुनुवा कमल खड्काको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ। 

हत्कडीसहित भाग्ने खड्कासहित हत्कडी खोल्ने तथा फरार भएका थुनुवालाई राखेको आरोपमा थप ३ जनालाई पनि मुद्दा चलाइएको हो।

हत्कडीसहित फरार भएर भोलिपल्टै पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भएका ३२ वर्षीय खड्कासँगै बाह्रबिसे–३ का १८ वर्षीय पारस तामाङ, बाह्रबिसे–४ का २५ वर्षीय मोहनबहादुर तामाङ र बाह्रबिसे–५ का १९ वर्षीय रोनिष तामाङविरुद्ध मुद्दा चलाइएको छ।  थुनुवा भाग्न/भगाउन नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको हो। 


थुनछेक बहसका लागि अदालत उपस्थित गराइएका थुनुवा कमल खड्का प्रहरीलाई छक्याएर अफलाइन पठाओ चढेर हत्कडीसहित फरार भएका थिए। अदालतबाट फरार हुनासाथ आफूले फोन गरेर घटनाबारे पारसलाई जानकारी गराउँदै ‘हत्कडीसहित फरार भएको छु अब गर्ने ?’ भन्दै सोधेको र उनैले भनेरअनुसार पठाओ चढेर भक्तपुरको चाँगुनारायणस्थित शान्तिनगरस्थित कोठमा आउन भनेकाले गएको भन्दै खड्काले पक्राउ परेपछि प्रहरीसमक्ष बयान दिएका थिए। 

कोठामा पुगेपछि चम्चाको सहायताले पारस, रोनिष र मोहनबहादुरको सहयोगमा हत्कडी खोलेको उनले बताएका थिए। थुनुवा लेखिएको ज्याकेट र हत्कडी समेत प्रहरीले सोही कोठाको डस्टबिनबाट बरामद गरेको थियो। 

खड्का भने उक्त कोठाबाट जडिबुटीस्थित दोलखाली होटलमा गएर बसेका थिए। सोही होटलबाट प्रहरीले खड्कालाई पक्राउ गरेको थियो। 

खड्काविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १०१ को थुनाबाट भाग्न नहुने अन्तगर्तको कसुरमा र अन्य ३ जनाको हकमा संहिताको दफा १०२ अन्तर्गतको थुनाबाट भगाउन नहुने अन्तगर्तको कसुरमा मुद्दा दायर गरिएको छ। 

दफा १०१ अनुसार खड्काविरुद्ध ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १०२ अन्तर्गत बाँकी तीनलाई सोही बराबर अर्थात ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। सोही अनुसार कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ। 

खड्का यसअघि प्रकाश बुढाथोकीको जाहेरीले २०७८ फागुन २२ गते डाँका मुद्दामा २ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाइएका व्यक्ति रहेका खुलेको छ। पटके कसुरदार भएकाले खड्काविरुद्ध थप सजाय समेत मागदाबी गरिएको छ। 

यसअघि पक्राउ परेर अदालतबाटै फरार भएका खड्कालाई ठगीको कसुरमा भने जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर धरौटी तिर्न नसकेकाले उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक