2026-07-06 08:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

गोठान माविका शिक्षक उधारोमा पढाउन बाध्य

कृष्ण दर्नाला, कात्तिक २, पाल्पा । जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् । 

जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का १७० घरपरिवारले मासिक रु २५० उठाएर मावि र निमावि तहका शिक्षकलाई तलब खर्च जुटाएर वडावासीले मावि सञ्चालन गर्दै आएका छन् । 

कक्षा १० सम्म पढ्न यहाँका बालबालिका दुईतीन घन्टा पैदल हिँडेर अन्यत्र जानुपर्ने बाध्यता भएपछि स्थानीयले तीन वर्षअघि गाउँकै विद्यालयलाई मावि तहको पढाइ सञ्चालन गरेपछि स्थानीयले शिक्षकलाई तलब खुवाउने समस्या थपिएको हो ।

मावि सञ्चालन भएपछि बालबालिकाले नजिकै पढ्न पाउने भएर खुसी बने पनि आर्थिकरुपमा कमजोर रहेका अभिभावकलाई प्रत्येक महिना पैसा उठाउन सास्ती भएको छ । अन्नबाली र पशुपक्षी पालन गरी बेचबिखनबाट केही आम्दानी हात परेपनि नुनतेलका लागि जोहो गर्नुपर्ने स्थानीयको बाध्यता रहेको छ । 

मावि तहको विद्यालय सञ्चालन गर्न थाले पनि यहाँका स्थानीयले मासिक रु २५० नियमित उठाउन थालेको जुठापौवा गाविस–६ का स्थानीय बासिन्दा लिलाबहादुर रास्कोटीले बताउनुभयो । वडावासीले पैसा सङ्कलनबाट सञ्चालित विद्यालयको एसएलसीको नतिजा भने जुठापौवा स्रोत केन्द्रमा नै नमुना रहेको विद्यालयको दाबी छ । 

गाउँका साना बालबालिका जङ्गलको बाटो दुईतीन घन्टा पैदल हिँडेर अन्यत्र जाँदा समस्या हुन थालेपछि गाउँले पैसा उठाएर विद्यालय सञ्चालन गरे पनि अहिले नियमित रुपमा पैसा उठाउन समस्या देखिएको हो । 

प्रत्येक महिनामा विद्यालयमा वडावासी आएर पैसा उठाउँछन् । पहिला पहिला गाउँमा नै कक्षा १० सञ्चालन गर्नुपर्छ भन्दै नियमितरुपमा पैसा उठाउने गरेपनि पछिल्ला वर्षमा स्थानीयले नियमितरुपमा पैसा उठाउन समस्या भएको स्थानीय बासिन्दा तथा शिक्षक चिन्तामणि रास्कोटी बताउनुहुन्छ । “पहिले झैँ पैसा उठ्न छोडेको छ, पछिल्ला महिनामा गाउँलेबाट उठ्ने पैसा रु १५ हजार देखि २० हजार मात्र हो,” शिक्षक रास्कोटीले भन्नुभयो । 

मगर र दलित समुदायका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा अहिले २५० भन्दा बढीले पढ्दै आएका छन् । विद्यालयमा प्राविमा पाँच जना दरबन्दी, दुई जना राहत, एक जना ‘पिसीएफ’का शिक्षक रहेका छन् । आधारभूत तहमा पाँचजना र माविमा तहमा एकजना गरी छजना शिक्षकलाई दुई वडाबाट घरधुरी अनुसार प्रत्येक महिना पैसा उठाएर तलब खुवाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक महेश पोखरेलले बताउनुभयो । 

प्राविमा मात्र दरबन्दी रहेकाले निमावि र माविका शिक्षकलाई वडावासीले पैसा उठाई तलब खुवाउन समस्या हुँदै आएको हो । मावि सञ्चालन गर्न एकजना शिक्षक अभाव रहेपनि उनलाई रु १७ हजार ५०० तलब समेत वडावासीले तोकिदिएका छन् । निमाविमा पढाउने शिक्षकले रु सात र आठ हजार तलबमा काम गर्दै आएका छन् । 

“सरकारले तोकेको भन्दा न्यून तलबमा काम गर्ने यहाँका शिक्षकले महिना बितेपछि तलब पाउँदैनन्, तलबका लागि वर्षदिन पनि कुर्नुुपर्छ,” प्रअ पोखरेलले भन्नुभयो, “उधारोमा समेत शिक्षक पढाउन बाध्य भएका छन् ।” 

नजिक भनिएका महाकाली मावि छहरा मेहलधाप र जुठापौवाको गौरी मावि पुग्न समेत बालबालिकालाई दुईतीन घन्टा जङ्गलको यात्रामा १२÷१३ वर्षका बालबालिका निस्कन समेत कठिन भएर गाउँमा चलाएको विद्यालय अहिले सञ्चालन गर्न मुस्किल हुन थालेको छ । 

शिक्षकलाई तलब खुवाउने चिन्ता वर्षभरि नै हुने प्रअलाई विद्यालयको भौतिक संरचना निर्माणको अर्को समस्या पनि उस्तै छ । विद्यालयको नयाँ कक्षाकोठा र शौचालयको समेत निर्माण गर्नुपर्ने भएपनि बजेट गाउँका स्कुललाई नपर्ने गरेको गुनासो छ । 

योग्य र सक्षम शिक्षकका लागि पूर्ण तलब आवश्यक पर्ने भएकाले सरकार र गैरसरकारी क्षेत्रबाट सहयोग गर्न सबैसँग प्रअको अनुरोध छ । सडक सुविधा, शिक्षा, सञ्चारलगायतका सुविधा प्रयोगबाट पनि यहाँका स्थानीय वञ्चित हुँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने