२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काँचो माछा भित्र ब्राउन सुगर प्याक गरेर जेलका कैदीलाई उपहार!

२०८०, १८ माघ बिहीबार ०८:००

माघ १८, काठमाडौँ | कारागार भित्र लागुऔषध कसरी छिर्छ? यो प्रश्नको उत्तर दिने घटना भर्खरै बर्दिया कारागारमा भएको छ। काँचो माछा भित्र लागुऔषध ब्राउन सुगर प्याक गरेर जेल भित्र पठाउने गरिएको घटना सार्वजनिक भएको छ।

माछा भित्र ब्राउन सुगर प्याक गरेर जेलमा रहेका कैदी साथीलाई उपहार दिन खोज्ने एक जनालाई बर्दिया कारागारको सुरक्षामा खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्ती का २२ वर्षीय विजय तिरुवा छन्। 


अवैध लागूऔषध ब्राउन सुगरको धुलो पदार्थ ५ सय २० मिलिग्राम सहित बुधबार दिउँसो कागारको सुरक्षामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले उक्त परिमाणको ब्राउन सुगर काँचो माछा भित्र प्याक गरेर जेलमा रहेका आफ्ना कैदी साथीलाई उपहार दिन खोजेका थिए। सोही बेलामा उनी पक्राउ परेका हुन्। 

लागुऔषधको कसुरमा जेलमा रहेका व्यक्तिलाई भेट्न भनेर कारागार पुगेका उनले माछा उपहार भन्दै लगेका थिए। काँचो माछाको टाउकाको भागको गिल भित्र ब्राउन सुगर हालेर लिएर गएका थिए। उनले ल्याएको काँचो माछा प्रहरीले हेर्ने क्रममा माछा भित्र ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुधीरराज शाहीले नेपाल लाइभलाई जानकारी दिए।

‘कैदी साथीलाई उपहार भनेर माछा लिएर आएका रहेछन्। प्रहरीले शंका लागि माछा खोलेर हेर्दा माछाको गिल भित्र ब्राउन सुगर लुकाइएको भेटिएपछि हामीले पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं,’ एसपी शाहीले नेपाल लाइभसँग भने।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह