२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

करिब एक महिनादेखि जारी ललिता निवास जग्गा प्रकरणको बहस सकियो, भोलि फैसला आउन सक्ने

२०८०, १ फाल्गुन मंगलवार ११:५८

फागुन १, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा करिब एक महिनादेखि जारी बहस सकिएको छ ।

विशेष अदालतमा माघ २ गतेदेखि निरन्तर भइरहेको बहस मंगलबार सकिएको हो । सम्भवतः बुधबार फैसला आउने सम्भावना छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कीर्ते कसुरमा अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ ।

खुसीप्रसाद थारु, रामबहादुर थापा र रीतेन्द्र थापाको इजलासले फैसला सुनाउनेछ । यो मुद्दामा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वसचिवहरु दीप बस्नेत, छविराज पन्त र दिनेश अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।

ललिता निवासको करिब ११४ रोपनी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो