2026-07-24 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

४० लाख भारु लिएर मेक्सिको हुँदै अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक, २ नेपालीसहित ९ जना पक्राउ

फागुन ३, काठमाडौँ | अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतको हरियाणा र पंजाब घर भएका ११ जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजान काठमाडौंमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

 काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित अल्का बजाजको घर भाडामा लिएर आरोपीहरुले पीडितलाई थुनामा राखेर कुटपिट र यातना दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । फागुन २ मा रातोपुलबाट ११ जना पीडितलाई उद्धार गरेर ७ जना भारतीय र २ जना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । आरोपीहरुले भारतीय नागरिकलाई ‘अमेरिका सपना’ देखाएर काठमाडौँ ल्याएका हुन् ।

पीडितहरुलाई दुबई पुर्याएर र नयाँ दिल्लीबाट सिधै काठमाडौँमा ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौँमा ‘बन्धक’ बनाएपछि भारतमा भिडियो कुराकानी गर्न लगाएर रकम असुलेका हुन् । भिडियोमार्फत आफन्तलाई कुरा गराउँदा आरोपीहरुले पीडितलाई ‘सुरक्षित रुपमा मेक्सिको आइपुगेँ अब, अमेरिका पुग्दैछु’ भन्न बाध्य बनाएका थिए ।

मेक्सिकोको भाषा, समय र संस्कृतिसँग मिल्ने कृतिम वातावरण रातोपुलस्थित बन्धक बनाएको घरमा सिर्जना गरेर भिडियो कलमार्फत आफन्तलाई देखाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए । एसएसपी खत्री भन्छन्– ‘भिडियोमार्फत कुराकानी गराएपछि आफन्तसँग भारतीय रुपैयाँ ४० लाखसम्म असुल गरेको अनुसन्धानबाट देखिन्छ ।’

पीडितलाई दबाव र यातना दिएर ‘म सुरक्षित छु’ भन्न लगाएपछि गिरोहले ४० लाख भारतीय रुपैयाँ एजेन्टको खातामा डिपोजिट गर्न लगाउँथे ।  भारतमा आफन्तलाई विश्वासमा पार्न आरोपीहरुले क्यानडाको समय देखाउने घडीको फोटो र भिडियो देखाउने गरेका हुन् ।

‘अमेरिका पठाउँछौ’ भनेर दुबई र कतार पुर्याएर आरोपीहरुले ‘अर्को ट्रान्जिट’ भन्दै नेपालमा ल्याउने गरेका थिए । अनुसन्धानमा संलग्न डीएसपी हरि खतिवडा भन्छन्–‘केही पीडितलाई सुरुमै काठमाडौँ ल्याएको पनि देखिन्छ ।’

रातोपुलमा बन्धक बनाइएकामा ३ जना हरियाणा र ८ जना पञ्जाबका छन् । पीडितहरुमध्ये केहीलाई गिरोहका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुक गरेको होटलमा पठाउने गरेका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्– ‘केहीलाई सिधै रातोपुलस्थित घरमा लगेर बन्धक बनाएको देखिन्छ ।’

रातोपुलमा लगेर पीडितहरुलाई भारतबाट ‘अनिवार्य बोक्नु’ भनेर पठाइएको ३ हजार अमेरिकी डलर र पीडितसँग भएको कागजात गिरोहका सदस्यले जफत गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् ।

आरोपीहरुले भारतमा बस्ने पीडितका आफन्तलाई विश्वास दिलाउन मेक्सिको सम्म जान ‘ट्रान्जिट’ मा पर्ने देशहरुको अध्यागमन कार्यालयको अराइभल र डिपार्टचरको नक्कली स्ट्याम्प बनाएर पासपोर्टमा छाप लगाएको फेला परेको छ ।

‘नक्कली रुपमा खडा गरिएका ट्रान्जिट रुटहरुमा पर्ने विभिन्न देशका अराइभल र डिपार्टचरको नक्कली स्ट्याम्प बनाएर पासपोर्टमा छाप लगाएको भेटिएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्–‘एयरलाइन्सको बोर्डिङ पास र टिकट पनि नक्कली बनाएर भारतमा आफन्तलाई पठाउने गरेको देखिन्छ ।’

अध्यागमनको नक्कली स्ट्याम्प र विमान कम्पनीको बोर्डिङ पास मेसेज गरेर पठाएपछि आरोपीहरुले पीडितलाई आफन्तहरुसँग पैसा डिपोजिट गराउन दबाव दिने गरेका हुन् । एजेन्ट समूहले शारीरिक मानसिक यातना दिएर र भारतमा रहेका आफन्तहरुको ज्यान सम्म लिने धम्की दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक