२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल, छायांकन गर्न पुगिन् उत्तराखण्ड

२०८०, ६ फाल्गुन आईतवार ०८:४४

फागुन ६, काठमाडौँ | अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन् । आफू पहिलो हिन्दी भाषाको फिल्मका लागि तयार रहेको भन्दै हमालले सामाजिक सञ्जालबाट जानकारी दिएकी छन् ।

उनले इन्स्टाग्राममा केही फोटो सेयर गर्दै हिन्दी फिल्ममा अभिनय गर्न लागेको बताएकी छन् । उनले धडक, द लास्ट शो, फराजजस्ता चर्चित भारतीय फिल्मका अभिनेता गोदान कुमारसँगको तस्वीर पनि सेयर गरेकी छन् ।

नेसनल स्कुल अफ ड्रामाका कलाकार समेत रहेका गोदानको पछिल्लो फिल्म ‘द लास्ट शो’ भारतबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । बेनिशाले सेयर गरेका तस्वीरमा अन्य कास्ट एण्ड क्रिउ देख्न सकिन्छ ।

बेनिशाले लेखेकी छन्, ‘भ्वाइस मोड्युलेसन, डिक्सन र फ्लोमा काम गरेको महिनौंपछि म मेरो पहिलो हिन्दी भाषाको फिल्मको लागि तयार छु । मलाई आशीर्वाद दिनुहोस् ।’ फोटोमा उनीहरु उत्तराखण्डको पञ्चचुलीमा पुगेको देख्न सकिन्छ ।

सम्भवतः उक्त थलोमा फिल्म छायांकन हुनसक्छ । फिल्मको नाम उल्लेख नभए पनि एउटा फोटोमा हिउँमा ‘दुर्गम’ लेखिएको छ । फिल्मको टाइटल त्यही हुनसक्ने अनुमान छ ।

‘स्वर’बाट अभिनय करिअर थालेकी बेनिशाको अर्को फिल्म ‘उपहार’ फागुन २५ मा रिलिज हुँदैछ । उनको पछिल्लो रिलिज फिल्म ‘छक्कापञ्जा ४’ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो