२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डेभिड वार्नर र एरोन फिन्चलाई ग्लेन म्याक्सवेलले उछिने

२०८०, ९ फाल्गुन बुधबार १०:३६

फागुन ९, काठमाडौँ | ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल अस्ट्रेलियाका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । वेलिङ्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ वर्षीय म्याक्सवेलले यस्तो कीर्तिमान बनाएका हुन् ।

म्याक्सवेलले एरोन फिन्च र डेभिड वार्नरको कीर्तिमान तोडेका हुन् । म्याक्सवेलले हालसम्म अस्ट्रेलियाका लागि एक सय चारवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । एरोन फिन्च र डेभिड वार्नरले भने एक सय तीनवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

न्युजिल्यान्डविरुद्ध बुधबार सम्पन्न पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा म्याक्सवेलले ११ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २५ रन पनि बनाए । उक्त खेलमा भ्रमणकारी टोली अस्ट्रेलिया ६ विकेटले विजयी भयो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।

म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रियमा हालसम्म ३०.५९ को औसतले कुल दुई हजार चार सय १७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय ४५ रन हो । उनले टी–२० अन्तर्राष्ट्रियमा ४० विकेट पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा