2026-07-24 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवनमा स्कुल बसका चालकलाई पेस्तोल देखाउदै हातपात र धम्की

फागुन १०, चितवन | चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ ।

भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर हातपातसगैँ धम्की दिएको हो ।

विद्यार्थीलाई घर पु¥याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८ सल्यानीमा अज्ञान व्यक्तिले स्कूल बसका चालकलाई पेस्तोल देखाएर धम्की दिएको हो ।

कालो रंगको गाडीमा आएका व्यक्तिले बसका चालकलाई पेस्तोल देखाएको सनराइज स्कूल स्रोतले जानकारी दिएको छ । बसमा केही विद्यार्थी समेत थिए ।

गाडी फर्काउने क्रममा चालकसँग भनाभन भएपछि कारमा आएका व्याक्तिले स्टेरिङ समातिरहेका चालकलाई पेस्तोल देखाएको विद्यार्थीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र सिसिटिभी फुटेजको सहयोग लिन लागिएको बताए । एक अभिभावकले सामाजिक संजालमा यो विषय हालेपछि घटना बाहिर आएको हो । घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक