2026-07-25 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘म्याकुरी’को आरोप: म श्रीमती पीडित हुँ, श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरे

फागुन १०, काठमाडौँ | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुन्नीमा खालिङमाथि हिंसा नगरेको बरु आफू पीडित रहेको बताएका छन् ।

उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफू श्रीमती पीडित भएको आरोप लगाए ।

युट्युबर सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख शेयर गरे । आफूले अर्को युवतीलाई गर्भवती बनाएको भनेर श्रीमती सुम्निमाले लगाएको आरोपको खण्डन गरे ।

‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्य छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’

उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए ।

सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमणलगायतको क्रियाकलाप गर्ने गरेको बताए ।

उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे । अरू पुरुषसँग निकट रहेको थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनले स्पष्ट पारे ।

सुन्नीमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए ।

श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरेको उनले सुनाए । श्रीमतीले आफूलाई दैनिक कुटपीट गर्ने गरेको बताए ।

उनकी श्रीमती सुन्नीमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप सहित पीडित बनाएको भन्दै युट्युबमा अन्तर्वार्ता दिएकी थिइन् ।

अन्तर्वार्तामा सुम्निमाले आफू हुँदा हुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत आरोप लगाएकी थिइन् । आफूविरुद्ध श्रीमती सुम्निमाले विभिन्न आरोप लगाएपछि पवनले युट्युबर सम्मेलन गर्दै आफ्नो कुरो बाहिर ल्याएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक