२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा उपचारार्थ बेवारिसे कुष्ठ रोगीको थप उपचारका लागि पाल्पा मिसन अस्पताल रेफर

२०७३, ३ कार्तिक बुधबार १३:१०

धुर्ब बिष्ट/कात्तिक ३, डडेल्धुरा । उप–क्षेत्रिय अस्पताल डडेल्धुरामा बिगत १ महिना देखि उपचारथ कुष्ठ रोगका बेवारिसे एक बिरामीलाई थप उपचारका लागि बुधबार पाल्पा मिसन अस्पतालमा पठाइएको छ । 

उप–क्षेत्रिय अस्पताल बिकास समिति डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंहको अध्यक्षतामा बुधबार बिहान बसेको सर्वपक्षिय बैठकले रोल्पा केउरी गाबिस–५ का ३० बर्षिय खर्के डाङीको थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाउने निर्णय गरेको हो । मानसिक सन्तुलन गुमाएका बिरामी डाङीलाई डडेल्धुरा बजारमा बिगत एक महिना अघि अस्पताल श्रोतले फेला पारी उपचार गरेको अध्यक्ष सिंहले बताएका छन ।

दिशा पिसाव समेत आङमै गर्ने डाङीका दायाँ खुट्टाका औँलाहरु कुहिएर गन्हाउने शुरुको अबस्थाबाट उपचार गरि अहिले केही हद सम्म ठिक भइसकेको र बाकिँ अझै थप खुट्टाको अप्रेशन गर्नु पर्ने अबस्था समेत देखिएकाले थप उपचार गर्न पाल्पा मिसन अस्पतालमा पठाउन लागिएको सर्वपक्षिय बैठकमा अध्यक्ष सिंहले जानकारी गराएका थिए ।

सर्वपक्षिय बैठकले उप–क्षेत्रिय अस्पताल डडेल्धुराको एम्बुलेन्स प्रयोग गर्ने, एम्बुलेन्समा आवश्यक इन्धनको बन्दोबस्तका लागि अमरगढी नगरपालिका र जिल्ला बिकास समिति डडेल्धुरा सगं समन्वय गर्ने र बिरामी सगं अस्पतालका एक जना स्वास्थ्य प्राविधिकलाई पनि पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर