2026-07-25 10:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माओवादीका माधव सापकोटालाई बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव

फागुन १३, काठमाडौँ | राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई बोलीमा लगाम लगाउन सुझाव दिएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद सापकोटाले  संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएपछि राप्रपा प्रवक्ता श्रेष्ठले बोलीमा लगाम लगाउन सुझाव दिएका हुन् । 

आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले भनेका थिए, ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ? संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’

सांसद सापकोटाको सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले राप्रपाले संविधानका आधारभूत विषयमाथि विमती राखेको जानकारी गराउँदै शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्ने अधिकार संविधानले सबैलाई प्रदान गरेको बताए । 

‘हेलो माननीय माधव सापकोटाजी, बोलीमा लगाम लगाउनुपरÞ्यो । दुनियालाई थाहा भएको तर तपाईलाइ थाहा छैन कि क्या हो ! राप्रपा वर्तमान संविधानका प्रति आलोचनात्मक दृष्टिकोण राख्छ, संविधानका आधारभूत विषयमाथि हाम्रो बिमती छ। जनसमर्थनका आधारमा शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्न सकिन्छ भनेर घोषित रुपमै प्रयासरत पनि छौं। जुन अधिकार संविधानले हामीलाई मात्र होइन सबैलाई प्रदान गरेको पनि छ। आवश्यकता अनुसार कुन रणनीति प्रयोग गर्ने हाम्रो आन्तरिक मामिला हो । सडक, संसद र सरकार हामी हाम्रो आवश्यकता अनुसार उपयोग गर्छौं। बोल्दा मर्यादा राख्नोस्,’ प्रवक्ता श्रेष्ठले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक