२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

१४ फाल्गुन २०८०, सोमबार ०९:२८

फागुन १४, काठमाडौँ | भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित हासिल गरेको छ । भारतले सोमबार चौथो टेस्ट ५ विकेटले जित हासिल गर्दै जारी सिरिजमा ३-१ को अग्रता हासिल गरेको छ र सिरिज पनि जितेको छ ।

इङल्याण्डले पहिला ब्याटिंग गर्दै ३५३ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ३०७ रन बनाएको थियो । त्यस्तै इङल्याण्ड दोस्रो इनिंगमा १४५ रनमा अल आउट भएपछि भारतले टेस्ट जित्न १९२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ५ विकेट गुमाएर पुरा गरेको छ ।


यस टेस्टमा इङल्याण्डका जो रुटले पहिलो इनिंगमा १२२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै भारतका लागि ध्रुव जुरेलले पहिलो इनिंगमा ९० रनको पारी खेलेका थिए ।

त्यसैगरी भारतका बलर आर आश्विनले इङल्याण्डलाई दोस्रो इनिंगमा १४५ रनमा अल आउट गर्ने क्रममा ५ विकेट लिएका थिए ।

यस सिरिजमा पहिलो टेस्ट इङल्याण्डले २८ रनले जितेको थियो भने त्यसपछिका तीन खेल भारतले जितेको छ । अब सिरिजको पाँचौं टेस्ट आगामी मार्च ७ देखि धर्मशालामा शुरु हुने छ ।

        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र