2026-07-25 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निशा र शरदले आफ्नो भागको सम्पत्ति छोराको नाममा राख्ने

फागुन १५, काठमाडौँ | अभिनेत्री निशा अधिकारी र उनका श्रीमान पूर्वक्रिकेटर शरद भेषवाकरले आफूहरुको सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन् । निशाले मंगलबार फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।

उनले यसका लागि प्रक्रिया अघि बढेको जानकारी दिएकी छन् । आफूहरुले एकअर्काबाट पैसा नलिने समेत उल्लेख गरेकी छन् । कानूनमा आमा र बुवा दुबैको सबै कुरा भाग लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै निशाले कानूनी उपचार आफ्नो व्यक्तिगत रहेको बताएकी छन् ।

दुबैको धनसम्पत्तिमा दुईटैको नजर नरहेको उल्लेख गर्दै निशाले छोरा र छोरीलाई बराबर अंश दिने प्रावधानको स्मरण गराएकी छन् । ‘तसर्थ कोबाट धेरै पाउँछ भन्ने कुरा नितान्त व्यक्तिगत हो’ उनले लेखेकी छन् ।

उनले आफ्नो सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा आफूलाई गव लागेको उल्लेख गरेकी छन् । उनले कानूनी उपचार लिएर समस्या सुल्झाउन हुने पहललाई सामान्यीकरण गर्न समेत आग्रह गरेकी छन् । अझै पनि कानून संसोधन जरुरी रहेको उनको धारणा छ ।

केही वर्षदेखि आफूले कठिन परिस्थिती भोगिरहेको र यसबाट मुक्त भएको उनको भनाई छ । दुबै अभिभावकको हेरचाहमा छोरालाई हुर्काउने शान्त वातावरण बनेको पनि उनले बताएकी छन् ।

निशा र शरदको मुद्दामा गत मंसिर २८ गते फैसला सुनाउँदै काठमाडौं जिल्ला अदालतले निशाले सगोलको सम्पत्तिको तीन भागको एक भाग अंश पाउने फैसला सुुनाएको थियो । बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको थियो ।

अंश नपाउँदासम्म मानाचामल बापत बादीहरु (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको थियो । अदालतको फैसलाबारे मिडियामा समाचार आएपछि निशाले फेसबुकबाट प्रष्टीकरण दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक