2026-07-25 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘प्र्यांक कल’ गरी श्रीमतीसँग दुई लाख माग, पछि श्रीमानको हत्या

फागुन २०, काठमाडौं | भक्तपुरमा ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै गोठमा ढकालको शव फागुन ११ गते फेला परेको थियो।

ढकालको हत्या आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरेको हो। सुवाल काभ्रेको मण्डेउपुर नगरपालिका वडा नम्बर ६ बाट पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सुवाललाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार मृतक ढकाल फागुन ९ गते घरबाट तेल किन्न निस्किएका थिए। तर उनी त्यसपछि कोठामा फर्किएनन्। 

ढकाल र सुवाल केही समयअघि मात्रै भट्टीमा भेटेका थिए। भट्टीमा रक्सी खानेक्रममा भेटेका उनीहरू फागुन ९ गते पनि भेटेको प्रहरीले जनाएको छ।

रक्सी खाएर उनीहरू दुबै जना सुवालको घरमा गएका थिए। त्यहाँ बसेर करिब पौने १२ बजेतिर सुवालले ढकालको फोनबाट उनकी श्रीमती रेनु ढकाललाई फोन गरेका थिए।

‘सँगै रक्सी खाएर उनीहरू सुवालको घरमा गएका रहेछन्। पौने १२ बजेतिर उनीहरूले प्र्यांक कल गरी श्रीमतीलाई अपहरणमा परेको भनेर दुई लाख रुपैयाँ माग गरेका रहेछन्,’ प्रहरी निरीक्षक निर्मल थापाले भने।

तर त्यसैबीच साढे १२ बजेतिर श्रीमतीमाथि दुर्व्यवहार गरेपछि सुवालले इट्टा प्रहार गरी ढकालको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए। हत्यापछि सुवालले ढकालको शव गोठमा राखेका थिए। त्यसपछि श्रीमतीसहित सुवाल काभ्रे गएका थिए।

आफ्ना श्रीमान हराएको र फोन आएको भन्दै रेनु प्रहरी वृत्त जगातीमा पुगेकी थिइन्। उक्त खबरपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। जसक्रममा प्रहरीले शनिबार सुवाललाई पक्राउ गरेको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक