2026-07-25 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२१ लाखसहित हुण्डी कारोबारमा संलग्न पाँचजना बाराबाट पक्राउ

फागुन २२, बारा | बारा प्रहरीले हुण्डी कारोवारमा संलग्न रहेका पाँच जनालाई एकाईस लाखसहित पक्राउ गरेको छ । 

प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ गरेको थियो । 

प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पंचायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रंजित सरार्फ सहित कलैया उपमहानगरपालिका-४ स्थितमा मनि चेन्जर संचालकसमेत रहेका कलैया उपमहानगरपालिका ७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका संचालक बारा महागढीमाई नगरपालिका १ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका- १ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाईकलकम सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लाल प्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रबि शंकर सिंहलाई पक्राउ गरेको थियो  । प्रहरीले उनीहरुबाट सोह्र लाख नौ हजार रूपैयासमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरुबाट कुनै पनि बैंकको इजाजत नभएको पाईएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसनधान गर्दा सुरु गर्‍याे ।

त्यसपछि प्रहरीले गरेको अनुसनधानमा मलेसियामा रहेका नेपालीहरुले मासिक तलब त्यहाँबाट भारत हुदैँ नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिए । उनका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरुले करैडोको कारबार भएको समेत देखिएको समेत बताएको छ । 

पक्राउ परेकाहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक